दफा
लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना मानिने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६ को उपदफा (१)
बमोजिम प्रदान गरिएको अनुमतिपत्र बमोजिम कुनै व्यक्ति, संस्था वा निकायले तोकिए बमोजिम परस्थानीय संरक्षण गरी उत्पादन गरेको देहाय बमोजिमको वन्यजन्तु वा वनस्पति वा सो को नमुनालाई लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो कोनमुना मानिनेछ ः-
(क) नियन्त्रित प्रजनन् गराई प्रथम पुस्ता (एफ–१ जेनेरेशन) पैदा गर्न अनुमतिपत्र बमोजिम बिउको रुपमा प्रयोग भएको दुर्लभ वन्यजन्तु
वा सो को नमुनाबाट उत्पादन गरिएको प्रथम पुस्ता र सोबाट उत्पादन गरिएका वन्यजन्तुतथा सो कोनमुना,
(ख) कृत्रिम रुपमा हुर्काउन वा उत्पादन गर्न अनुमतिपत्र बमोजिम बिउको रुपमा प्रयोग भएको दुर्लभ वनस्पति वा सो को नमुनाबाट हुर्काइएको वा उत्पादन गरिएको वनस्पति तथा सो कोनमुना ।
तर त्यस्ता वन्यजन्तु वा वनस्पतिको उत्पादन गर्न बिउको रुपमा प्रयोग भएकोअनुमतिपत्र बमोजिमको वन्यजन्तु वा वनस्पति वा सो को नमुनालाई दुर्लभ वन्यजन्तु वा वनस्पति वा सो कोनमुना नै मानिनेछ ।